RSS

Monthly Archives: नोभेम्बर 2014

थाइल्याण्डको राजाको संगीत घन्काउँदै नेपाली सांगीतिक समूह

विस्तारै नेपाली सांगीतिक समूहले विदेशी संगीत महोत्सवहरुमा पनि आफ्नो प्रस्तुति दिन थालेका छन् । मुक्ति एण्ड रिभाइभल, कुटुम्ब, रुद्र, सुरसुधा जस्ता सांगीतिक समूहले थुप्रैपटक विदेशी भूमिमा सांगीतिक प्रस्तुति दिइसकेका छन् । ६ जना दृष्टिबिहिन बाद्यवादकको सांगीतिक समूह सक्षम पनि विदेशी संगीत महोत्सवमा सहभागि हुने अर्को समूह बन्दैछ । यो समूह डिसेम्बर ३ देखि थाइल्याण्डको राजधानी ब्याङ्ककमा सुरु हुने एक संगीत महोत्सवमा सहभागि हुँदैछ । थाइल्याण्डको राष्ट्रिय दिवश र राजा भूमिबल अदुल्यादेशको ८७ औँ जन्मोत्सवको अवसरमा हुने अन्तराष्ट्रिय दृष्टिबिहिन संगीत महोत्सवमा सक्षमले आफ्नो प्रस्तुति दिने भएको हो ।
Sakcham
थाइल्याण्डमा आफ्नो सांगीतिक प्रस्तुति बेजोड बनाउन अहिले समूहका सदस्यहरु निकै कडा परिश्रमका साथ अभ्यास गरिरहेका छन् । उनीहरुले थाइल्याण्डमा आफैले सिर्जना गरेको केही धुनका साथमा परम्परागत नेपाली मौलिक धुनहरु समेत प्रस्तुत गर्दैछन् । कार्यक्रममा सक्षमले थाइ राजाले सिर्जना गरेको संगीत समेत प्रस्तुत गर्दैछन् । संगीतकार समेत रहेका थाइ राजाको धुन उनकै सामु प्रस्तुत गर्ने अवसर पाउँदा निकै उत्साहित बनेको वीरुकमल श्रेष्ठले बताए । राजाको धुन समेत प्रस्तुत गर्न समूहलाई आग्रह गर्दै धुन पठाई सकिएको छ । सक्षमका सदस्यहरुले सो धुन नेपाली बाजाको माध्यमबाट थाई राजालाई सुनाउँदैछन् ।

सक्षममा वीरुकमलले सारंगी, प्रेम लामाले बाँसुरी, ईश्वर वलामीले मादल, निरज मगरले इफेक्ट, न्हुच्छे महर्जनले किवोर्ड र कृष्ण श्रेष्ठले सरद वादन गर्छन् । महोत्सवमा सहभागि हुन सक्षमका सदस्यहरु बुधबार थाइल्याण्ड जाँदैछन् । महोत्सवमा नेपाल, थाइल्याण्ड, स्पेन, नर्वे लगायतका देशका दृष्टिबिहिन संगीतकर्मी सहभागि हुँदैछन् । महोत्सवमा सहभागि हुन समूहका सदस्यहरु म्यानेजर सत्यम क्षेत्री सहित बुधबार थाइल्याण्ड जाँदैछन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 30, 2014 in Uncategorized

 

नेपालमा सुटिङ गर्दैछन् पानसिंह तोमरका निर्देशक

चर्चित बलिउड चलचित्र पानसिंह तोमार र बुलेट राजाका निर्देशक तिमांसु धुलिया आफ्नो नयाँ चलचित्र याराको छायांकनका लागि नेपाल आइपुगेका छन् । आइतबार विहानैदेखि उनले आफ्नो चलचित्रको छायांकन ललितपुरको पाटन दरबार परिसरबाट सुरु गरे । पानसिंह तोमारबाट बलिउड चलचित्र उद्योगमा समिक्षकबाट निकै प्रशंसा पाएका उनले सोही चलचित्रबाट राष्ट्रिय अवार्ड समेत पाएका थिए । उनले निर्देशन गरिरहेको पछिल्लो चलचित्र याराको कथा नेपालसँग समेत जोडिएका कारण छायांकनका लागि नेपाल आइपुगेको उनको भनाई छ । नेपाली मिलनसार भएको भन्दै यहाँ छायाँकन गर्न निकै सहज भएको उनले बताए । चार दिन सम्म चलचित्रको छायांकन नेपालमा गर्ने योजना उनले बनाएका छन् ।
Paan-Singh-Tomar-movie-wallpaper-stills
चार जना साथीको वरिपरि घु्म्ने सो चलचित्रले चालिस वर्ष अघिको कथा प्रस्तुत गर्ने निर्देशक तिमांसुले जानकारी दिए । चलचित्रको कथा पुरानो भएकाले त्यतिबेलाकै काठमाडौँ जस्तै स्वरुप चलचत्रिमा उतार्न लागेको उनले बताए । चलचित्रमा मनोेज केसी, अनन्त तिमल्सेना लगायतका नेपाली प्राविधिकहरुले समेत काम गरिरहेका छन् । चलचित्रमा श्रुति हसन, विद्युत जमवाल, सञ्जिव मिश्र लगातले अभिनय गर्दैछन् । अभिनेत्री श्रुति छायांकनका लागि आउने खबर बाहिरिए पछि पाटन दरबार परिसरमा सर्वसाधारणको घूँइचो लागेको थियो । तर उनी नेपाल नआएको निर्माण पक्षले जनाएको छ । पछिल्लो समय नेपाल भारतीय चलचित्रको छायांकनका लागि उपयु्क्त लोकेसन बन्दै गइरहेको छ । केही समय अघि अक्षयकुमार अभिनित चलचत्रि बेबीको समेत नेपालमा छायांकन गरिएको थियो । चाँडै नै शाहिद कपुर समेत आफ्नो चलचित्रको छायांकनका लागि नेपाल आउने खबर सार्वजनिक भएको छ । Timangshu

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 30, 2014 in Uncategorized

 

लोकसंगीत फिल्म महोत्सवमा के के छ ?

यतिबेला काठमाडौँमा चौथो अन्तराष्ट्रिय लोकसंगीत चलचित्र महोत्सव भइरहेको छ । शुक्रबारदेखि सुरु भएको उक्त चलचित्र महोत्सवमा विभिन्न १० देशका लोकसंगीत र संस्कृति सम्बन्धी ४५ चलचित्र देखाइदैछ । नेपाल लोक बाजा संग्राहलयले महोत्सवको आयोजना गरेको हो । संचार तथा प्रविधिको माध्यमबाट लोकसंगीतको संरक्षणमा थोरै भए पनि योगदान दिन महोत्सव गरिएको लोक बाजा संग्राहलयका रामप्रसाद कँडेलले बताए । केही समययता नेपालमा मात्रै नभई विश्वका अन्य देशमा समेत लोकसंगीत र लोकसंस्कृति हराउँदै गएको अनुभव उनले गरेका छन् । त्यसैले पनि यस्ता किशिमका महोत्सवको आयोजना गर्नु आवश्यक भएको कंँडेल भन्छन् ।
infim logo 2014
महोत्सवको मुख्य आकर्षण डच नागरिक अर्नाल्ड अ. वाकले बनाएको नेपाल सम्बन्धी चलचित्र पनि हो । ८१ वर्ष अघि काठमाडौँमा मनाइएको इन्द्रजात्रालाई यो चलचित्रमा फिचर गरिएको छ । यो चलचित्रलाई नेपाल’bout छायाँकन गरिएको पहिलो चलचित्र मानिएको छ ।
नेपाली सेनाले लोकपर्व र जात्रा सम्बन्धी बनाएको चलचित्र समेत महोत्सवमा हेर्न लायक चलचित्रहरु हुन् ।
Blind Musician
त्यस्तै पाँच महादेशका विभिन्न राष्ट्रका लोकसंगीत र संस्कृतिमा आधारित चलचित्र पनि हेर्नै पर्ने चलचित्र हुन् । यी चलचित्रबाट त्यहाँको लोकसंगीत र संस्कृतिको ’boutमा जानकारी पाउन सकिने आयोजकको भनाई छ । महोत्सवमा आमन्त्रित, अप्रतियोगि र प्रतियोगी विधामा प्रदर्शन हुँदैछन् । प्रदर्शित चलचित्रमध्ये सर्वोत्कृष्ट र उत्कृष्ट घोषित ६ चलचित्रलाई अवार्ड समेत प्रदान गरिने भएको छ । महोत्सव आइतबार सम्पन्न हुँदैछ ।
Amar Y Vivir

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 29, 2014 in Uncategorized

 

Raju giri’s new movie Tiger the real hero song

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 28, 2014 in Uncategorized

 

गोविन्दको गीतले चर्चा पाउँदै

पहिलो एल्बम सत्यताबाटै झण्डै आधा दर्जन अवार्ड हात पारेका गीतकार गोविन्दप्रसाद उपाध्यायको दोस्रो एल्बम सत्यता–२ ले पनि सांगीतिक क्षेत्रमा प्रभाव जमाउँदै छ । केही समय अघि सार्वजनिक भएको उनको दोस्रो एल्बमका गीतहरु अहिले देशभरकै एफएम रेडियोहरुमा श्रोतको रोजाइमा परिरहेका छन् ।सत्यता २ मा गीतकार उपाध्यायले ७ वटा गीत राखेका छन् । गीतहरुमा अञ्जु पन्त, शिव परियार, आस्था राउत, राज सिग्देल, मनोजराज, पुष्पन प्रधान, निकिता थापा र युवराज चौलागाईले स्वर दिएका छन् । एल्वमका गीतहरुमा हरि लम्सालको एकल संगीत रहेको छ ।

govinda

पहिलो एल्बमले नै सांगीतिक क्षेत्रमा स्थापित गरे पछि मख्ख परेका उपाध्याय दोस्रो एल्बमलाई पनि श्रोताले रुचाएकोमा थप उत्साहित बनेका छन् । श्रोताले यस्तै माया गर्दै गए निरन्तर संगीत क्षेत्रमा लागिरहने उनले बताएका छन् । पछिल्लो समय उनी चलचित्रका गीतहरुमा समेत शव्द लेख्न थालेका छन् । उपाध्याय एपेक्स डेभलपमेन्ट ब्यांकमा सिइओ समेत हुन् । यसअघि उनी ज्योती ब्यांकको सिइओ थिए ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 28, 2014 in Uncategorized

 

मन परेन पुरानो नाम यी कलाकारलाई

रंगीन संसार चलचित्र क्षेत्रमा अभिनय गर्न रुपरंग मात्रै राम्रो चाँहिदैन, नाम पनि आहा ! भन्ने खालकै हुनुपर्छ । त्यसैले पनि सिनेमा क्षेत्रमा प्रवेश गर्न चाहनेले यो क्षेत्रमा आउने वित्तिकै आफ्नो पुरानो नाम बदलेर नयाँ राख्नमा निकै जाँगर चलाउँछन् । नेपाली सिनेमाका केही चर्चित कलाकारहरुको अहिले तपाई हामीले सुन्दै आएको नाम उनीहरुको वास्तविक नाम होइन । धेरैले चलचित्र क्षेत्रमा प्रवेश गर्ने वित्तिकै आफ्नो पुरानो नाम हटाई नयाँ नामाकरण गरेका हुन् । नाम फेरेर चर्चित बनेका केही कलाकारहरुको लिष्ट यस्तो छ ।

पुरानो नाम                                    अहिलेको नाम

Karishma Manandhar

Karishma Manandhar

बुनु केसी                                     करिष्मा मानन्धर
हरिश सिग्देल                               आर्यन सिग्देल
यमुना उप्रेती                                 युना उप्रेती
भोजराज भट्ट                                 विराज भट्ट
राधिका परियार                              पूजा चन्द
विष्णुमाया परियार                         प्रेरणा शर्मा
जानकी कुँवर                                 जेनी कुँवर
पूजा प्रधान                                    पूजना प्रधान
सुनिता मानन्धर                            मेलिना मानन्धर
शिवसुन्दर श्रेष्ठ                             शिव श्रेष्ठ
राधेश्याम ढुंगाना                           रमित ढुंगाना
दिनेश उप्रेती                                 निखिल उप्रेती
नवराज खड्का                              नवल खड्का
सरोज थापा                                  रोज राणा
गोपाल रिजाल                              आयुष रिजाल
शोभा केसी                                   नन्दिता केसी
जानुका केसी                                 जिया केसी
मिना घिमिरे                                 सुमिना घिमिरे

पुरानो नाम मेटाएर नयाँ आधुनिक नाम राखेर मनलाई शान्ति दिए पनि कलाकारहरुले कार्यक्रममा लागि बिदेश जाँदा भने निकै सास्ती पाउने गरेका छन् । मिडियामा चर्चित बनेको एउटा र पासपोर्टमा अर्कै नाम भएका कारण विदेश जाने क्रममा कलाकारमाथि सम्बन्धित देशका दुतावासले केरकार गर्ने गरेको समाचार पनि मिडियामा नआएको होइन । तर पनि रंगीन दुनियामा फूलबुट्टा भरेर नाम नाम राख्न चाँहनेको कुनै कमि छैन ।

1349059308_910082b01ad9d2556f2506d338f0ab5f body_guard_biraj_bhatt_2 poojana-pradhan-101 sumina-ghimire-hot

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 28, 2014 in Uncategorized

 

वैवाहिक सम्बन्ध बिग्रिएका कलाकारहरु

केही नेपाली कलाकारहरुको वैवाहिक सम्बन्ध राम्रो छैन । चलचित्रामा जतिसुकै आदर्शवादी र व्यवहारिक देखिए पनि उनीहरुले सम्बन्धमा आपसी तालमेल मिलाउन नसक्दा उनीहरुको सम्बन्ध शिशाझै चर्किएको छ । वैवाहिक सम्बन्ध विग्रने कलाकारको कोटीका भूवन केसीको नाम अग्रपंक्तिमा आउँछ । उनले कान्छी श्रीमती सुष्मितासँग दुई पटक सम्बन्ध विच्छेद गरे । पहिलोपटक सम्बन्ध विच्छेद पछि पून उनीहरुले सम्बन्ध गाँसेका थिए । तर पछिल्लो पटक भएको सम्बन्ध विच्छेद भने लगभग पून नजोडिने देखिएको छ ।
Bhuwan KC 3(1)
पति आकाश साहसँगको सम्बन्ध विच्छेद गरेपछि नायिका संचिता लुइटेलले नायक निखिल उप्रेतीसँग पून दोस्रो विवाह गरिन् । पहिले नै विवाह गरिसकेका निखिलको पनि संचितासँगको विवाह दोस्रो थियो । विवाह पछि भारत पुगेका उनीहरु अहिले नेपालमै छन् र दुवै अभिनयकर्ममा फर्किएका छन् । गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराजको सम्बन्धको उतारचढाव पनि कुनै समय चर्चाको विषय थियो । उनीहरुले पनि सम्बन्ध विच्छेद गरेपछि आ–आफ्नै किशिमले जीवनयापन गरिरहेका छन् । मनोजराजले अर्कै विवाह गरिसकेका छन् भने अन्जुले क्रिश्चियन धर्म अँगाल्दै पून विवाह नगर्ने अडान लिएकी छिन् । गायक यम बराल पनि तितो वैवाहिक जीवन भएका कलाकार हुन् । आकृति राणासँग विवाह गरेका गायक बरालको पनि सम्बन्ध राम्रो हुन नभएपछि सम्बन्ध विच्छेदको बाटो अपनाउनु प¥यो ।
images (2)
सञ्चारकर्मी तथा नायिका कृति भट्टराई पनि पतिसँग सम्बन्ध विच्छेद गरेकी कलाकार हुन् । सञ्चारकर्मी रवि श्रेष्ठसँग प्रेमविवाह गरेकी उनको पनि सम्बन्ध लामो समय टिकेन । सम्बन्ध विच्छेद भएर पून जोडिएका थिए निर्देशक श्याम भट्टराई र नायिका रञ्जना शर्मा । तर अमेरिका पुगेपछि उनले श्यामलाई माया मारिन् र अमेरिकाको संसारमा रमाउन थालेपछि यता श्याम रञ्जनासँगको वियोग फेसबुकमा पोख्ने गर्थे । फोटोग्राफर पति सुरज चन्दसँग सम्बन्ध विच्छेद गरेर अमेरिका पुगेकी पूजा चन्दले त्यही गायक राजु लामासँग नयाँ सम्बन्ध स्थापित गरेकी छिन् । अभिनेत्री गौरी मल्ल पनि सम्बन्ध विच्छेद गर्ने कलाकार हुन् । गायिका निशा सुनारले पनि पर्यटन व्यवसायी पति पवन गोयलसँग सम्बन्ध टुटाए पछि नृत्य निर्देशक शंकर विसीसँग पून सम्बन्ध जोडिन् । शंकर पहिले नै विवाहित र सन्तान समेत भएका व्यक्ति हुन् । जेठी पत्निसँग सम्बन्ध विच्छेद गरेर पून छोरीकै उमेरकीसँग विवाह गरेका हुन शिव श्रेष्ठले ।
images
निर्माता छबिराज ओझा र नायिका रेखा थापाको सम्बन्ध विच्छेदको सन्दर्भले पनि केही समय अघि नेपाली चलचित्र उद्योग तातेको थियो । अहिले दुवैले एक अर्काको नाम समेत नसुन्ने गरी आफ्नो सम्बन्धलाई दुई फरक ध्र्रुर्वमा उभिएका छन् । यद्यपी हालसालै निर्माता छबिराजले आफ्नो नयाँ चलचित्रको निर्माण र प्रदशोन्मुख चलचित्र सुन्तली हवल्दारको प्रदर्शन मितिको घोषणाको क्रममा आफुसँग सहकार्य गरेका कलाकारहरुलाई सम्झने क्रममा रेखालाई पनि सम्झिएका थिए । सबैलाई धन्यवाद दिने क्रममा उनले रेखाले पनि आफ्नो व्यानरलाई चर्चित बनाउन योगदान दिएको भन्दै उनलाई पनि धन्यवाद दिएका थिए ।

Sanchita Luitel

Sanchita Luitel

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 27, 2014 in Uncategorized

 

उदितले फेसबुकमा यस्तो भन्दा चित्त दुख्यो नेपालीको

udit 1

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 26, 2014 in Uncategorized

 

सञ्चिता पुरानै धन्दामा

निखिल उप्रेतीसँग विहे गरेपछि चलचित्र क्षेत्रबाट टाढिएकी सञ्चिता लुइटेल चार वर्षपछि पून एक्सन कटको संसारमा फर्किएकी छिन् । चार बर्षपछि उही माहोलमा फर्किदा संचिता लुइँटेल निकै खुसी देखिएकी छिन् । माहोल उस्तै, ब्यक्ति उही तर बदलिएको प्रविधिले संचिताको मुहारमा विश्वासका पाईलाहरु अझ बढाएको अनुभव गरेकी छिन उनले ।

nnl3-2
‘धेरैपछि फिल्मी माहोलमा फर्किएको छु, तर मलाई चार दिन पछि सेटमा फर्किए जस्तो लागिरहेको छ ।’ नाईँ न भन्नू ल ३ ईन्डक्ल्यापका बेला संचिताले प्रतिक्रिया दिदै यसो भनिन् । चलचित्र क्षेत्रबाट टाढिएकै बेला उनी दुई सन्तानको आमा समेत बनिन् । आमा बनेको क्षणलाई उनी संसारकै सबैभन्दा अनुपम क्षणको रुपमा वर्णन गर्दै भन्छिन् ‘सन्तान प्राप्तिको खुशी पछि आफ्नै कर्मथलोमा फर्किदाको खुशी शव्दमा व्यक्त गर्न सकिरहेकी छैन ।’

nnl3-3
ब्लकबष्टर सिरिजको थर्ड सिक्वेल नाई नभन्नु ल ३ महत्वपूर्ण भूमिका पाएपछि सञ्चिता खुशीले झण्डै तीन हात उफ्रदै रंगीन दुनियामा फर्किएकी हुन् । अब सक्रिय भएर लाग्ने उनको प्रण छ । मुस्कान ढकालले निर्देशन गरेको यो थर्ड सिरिज आउँदो चैत २७ देखि देशब्यापी प्रर्दशन हुँदैछ । चलचित्र रिलिजको व्यग्र पर्खाइमा रहेकी सञ्चिताले भनिन् ‘रिलिज डेट कहिले आउला भनेर क्यालेण्डर हेरेरै दिन वितिरहेको छ ।

nnl3-5.
सञ्चिताको आगमनले फिल्मका निर्माण विकास आचार्य झन धेरै खुशी छन् । उनको कामको प्रशंसा गर्दै आचार्य भन्छन् ‘सञ्चिताजस्तो स्मार्ट कलाकारलाई अन्य फिल्ममेकरहरुले पनि बिर्सन हुँदैन ।’ नाई नभन्नु ल ३ मा सञ्चिताको अपोजिटमा छन्, सुरजसिंह ठकुरी । सञ्चिताको अभिनयप्रतिको लगाव र जोश देखेर आफु छक्कै परेको प्रतिक्रिया सुरजको छ । ४२ दिनसम्म छायाङ्कन भएको नाई नभन्नृु ल ३ मा अनुभव रेग्मी, प्रियंका कार्की, संयम पुरी, आश्मा डिसी, आर्यन सिग्देल सहित विशेष भूमिकामा निरज बराल, मुकेश ढकाल र गरिमा पन्तलाई पनि देख्न सकिन्छ । निर्माण कम्पनी वान टाईम सिनेमाका अनुसार प्रर्दशन हुने समयसम्म विज्ञापन खर्च समेत गरेर चलचित्रको बजेट ८० लाख पुग्न सक्छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 26, 2014 in Uncategorized

 

Nepali Movie Hostel

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 26, 2014 in Uncategorized