RSS

मुन्नीसँगको एक साँझ

03 Jan

सुरज खड्का

‘‘अर्जुन जी, मुन्नी कन्सर्ट गर्न नेपाल आउने रे, ल एउटा गीत बनाउनु मिल्यो भने गाउन लगाउनु पर्छ’’ बलिउड कलाकार कन्सर्टका लागी नेपाल आउने भन्ने थाहा पाउने वित्तिकै मैले संगीतकार साथी अर्जुन पोखरेललाई यस्तो भनेको थिए । वास्तवमै मुन्नी अर्थात् मुन्नी बदनाम हुईकी गायिका ममता शर्मा दुई वर्ष यता भारतीय गीतसंगीत र चलचित्र पारखी बीच निकै चर्चामा छिन् । नेपाल आएको मौकामा उनको स्वरमा एउटा नेपाली गीत गवाउन पाए नेपाली संगीतमा एउटा राम्रो स्वर संग्रहित हुने थियो भन्ने मेरो आशय, जसलाई साच्चीकै सार्थक बनाउन लागी परे संगीतकार अर्जुन पोखरेल । उनले युद्ध शैलीमा गीतकार सुर्य कार्किको शव्द रहेको ‘कोही मलाई हिरा भन्छन् कोही भन्छन् मोती’ बोलको गीत मुन्नीका लागी भनेर ठीक पारिसकेका रहेछन् । यता मैले पनि कार्यक्रम आयोजक ओरेन्टल इभेन्ट्सका प्रकाश पुडासैनीलाई फोनमार्फत् भनि सकेको थिए ममता शर्माको स्वरमा एउटा नेपाली गीत रेकर्ड गराउनु पर्छ मिलाउनुस है । हुमागाईले हुन्छ त भने तर कार्यक्रम हुने मिति जति नजिकिदै जान्छ, त्यति उनलाई सम्पर्क गर्न गा¥हो हुन थाल्यो ।

सोचे जति टिकट बिक्रि नभए पछि प्रकाश पुडासैनी तनावका कारण कुना पसे जस्तै भएका रहेछन् । कार्यक्रम घाटामा गएको तनावले पुडासैनी कन्सर्ट भएको दिन डिसेम्बर १० का दिन कसैसँग बोल्न नसक्ने अवस्थामा थिए । यस्तो अवस्थामा उनलाई समय मिलाउनु भयो त भनेर सोध्न इच्छा नै लागेन । त्यसैले आफै ब्याक स्टेजमा गएर कुरा गरे ।

नेपाली गीत गाउने प्रस्ताव सुन्न साथ ममता यति उत्साहित बनिन् कि अहिलै जाउँ स्टुडियो तर्फ जस्तो गरिन् । कन्सर्टको भोलीपल्टै विहान ११ बजेको फ्लाइटबाट मुम्बई फर्किने टिकट भएकाले उनलाई विहाउन गीत गवाउन लगाउनु सम्भव थिएन । त्यसैले कन्सर्ट सकिए लगत्तै गीत रेकर्ड गर्नु जरुरी थियो । यही बीचमा मैले अर्जुन जीलाई फोन गरेर स्टुडियोका ब्यवस्था गरि रहन भने । कतै कन्सर्टको थकानले ‘आज सक्दिन सरि है पछि मुम्बईमै भेटौला नी हुन्न ? भन्लिन कि भन्ने आशंका पनि मेरो मनमा थियो । त्यसैले मैले स्टुडियो बुक चाँहि गरि राख्नु नहुने भयो भने म फेरि फोन गरौला भनेर अर्जुन जीलाई भने । तर त्यस्तो केही भएन, कन्सर्ट सकिने वित्तिकै उनी स्टुडियो तर्फ जान तयार भइन् । यतिबेलासम्म अर्जुन जी पनि कन्सर्टस्थल जावालाखेल आइपुगेका थिए । र, हामी लाग्यौ पुतलीसडकस्थित साइन डिजिटल रेकर्डिङ स्टुडियोमा ।

पहिले देखि नै स्टुडियोमा संगीत संयोजक राजन इशान, गीतकार सुर्य कार्कि, अमृत रेग्मीहरु तयारी अवस्थामा बसिरहेका रहेछन् । जाना साथ गीत रेकर्डिङ कार्य सुरु भयो । निकै मेहनत गरेर उनले गीत गाइन् । गीतको शव्द उच्चारणमा यति ध्यान दिइन् कि अहिले गीत सुन्दा भारतीय गायिकाले गाएकी हुन् भन्ने फिटिक्कै लाग्दैन । ममता र उनका श्रीमान असरफले गीतको मेलोडि निकै रुचाए । श्रीमान असरफले त संगीतकार पोखरेललाई भनि हाले ‘उसकै लागी भनेर गीत कम्पोज गर्नु भएको रहेछ ।’ साथै यो गीतको मेलोडिमा हिन्दीमा पनि गीत रेकर्ड गर्न समेत उनले सुझाव दिए । मुम्बईमा आफुले समेत सहयोग गर्ने वचन समेत उनले दिए । गीत रेकर्ड सकिए पछि गीतकार कार्किले पारिश्रमिक दिदाँ ममताका श्रीमान तीन छक्क परे ‘ओहो यहाँ त गीतकार पो प्रोड्युसर हुँदा रहेछन्’ साथै उनले उता(मुम्बई) गीतकारले गीतमा लगानी गरेको त्यति थाहा नभएको समेत बताए । सबै काम सकिए पछि उनीहरुलाई खानपिन गराए पछि अर्जुन जी र म उनीहरु बसिरहेको गोदावरी भिलेज रिसोर्टसम्म पु¥याउन गयौँ राती दुई बजे ।

ममता र उनका श्रीमान भने बाराम्बार मलाई धन्यबाद दिइरहे । आफ्नो प्रोफाइलमा एउटा छुट्टै देशको भाषामा गीत गाएको रेकर्ड थप्न पाउँदा निकै खुशी र गर्व लागेको उनले पटकपटक दोहो¥याई रहिन् । मुम्बई पुगी सकेकी उनलाई आफुले गाएको नेपाली गीत सुन्न कम्ति हतार छैन । त्यसैले समय समयमा फोन गरेर गीत पठाई दिन आग्रह गरिरहन्छन शर्मा दम्पति । तर साथीहरुको व्यस्तताले फाइनल गीत आउट हुन अझै केही दिन लाग्छ । अब केही दिन पछि पठाइ दिनु पर्ला ।  

 

About Suraj

an entertainment journalist, working for 7 yrs in relevent field. currently working at avenues television as a reporter & entertainment news producer.
Leave a comment

Posted by on January 3, 2012 in Uncategorized

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.