RSS

भदौ १ गते सोमवारको राशिफल यस्तो छ

horoscope-name-1024x1024

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको राम्रो वातावरण बन्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । आफ्नो व्यवसायमापनि मन्दी आउला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । जागिर र कर्म प्रति रुचि बढ्नेछ । रोकिएका र आधुरा काम पुनः सुरु हुन सक्छन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । रोकिएका र चिताएको कामले तीव्रता लिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । विद्या र सन्तानबाट सुख मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभ कार्यको चर्चा चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

 
 

न्युयोर्क बस्ने दिकीको नेपालमा कार्यक्रम

अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएकी गायिका दिकी उक्याब बिदाको समय उपयोग गर्न सधैँ नेपाल आउने गरेकी छिन् । नेपाल आउँदा सांगितिक गतिविधीमा पनि संलग्न हुन रुचाउने उनले शुक्रवार साँझ एकल प्रस्तुति पस्केकी छिन् । काठमाडौं थिएटर भिलेज आयोजित कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरु सुनाइन् । ‘मोमेन्ट विथ दिकी’ नाम दिइएको कार्यक्रममा दर्शकको उलेख्य उपस्थिति थियो ।

Dikyi Ukab performing

Dikyi Ukab performing

दिकीले ‘उकालो ओरालो’, ‘के भएको’, ‘माया देऊ’, ‘जाउँ न जाउँ’ लगायत आफ्ना एक दर्जन चर्चित नेपाली गीत सुनाइन् । त्यसैगरी आफ्नै संगीत र शब्द रहेको एउटा अँग्रेजी र एउटा तिब्बतीयन गीत पनि सुनाएकी थिइन् । लगातार एक दर्जन गीत सुनाउँदा पनि स्रोताको मन नभरिएपछि उनले ‘वान्स मोर’लाई समेत सम्बोधन गरेर थप गीत सुनाउनु परेको थियो ।
दिकीलाई नेपाली गीत गाउन हौसला प्रदान गर्दै आएका संगीतकार न्हु बज्रचार्यले लाइभ म्युजिकमा प्रस्ुतति दिनु सजिलो कार्य नभएको बताए । उनले भने,‘दिकीमा संगीतमा डुब्ने क्षमता छ, त्यसैले लगातार गीत गाउन सकेकी हुन् ।’ धेरैले ट्र्याकमा गीत गाउने गरेको भएपनि दिकीले लाइभ म्युजिकमैँ प्रस्ुतति पस्किइन् । अमेरिकामा हुर्के बढेपनि नेपाली संगीतप्रति छोरीले देखाएको लगावबाट आफू समेत प्रभावित भएको गायिका दिकीका वुवा तेन्जिङ उक्याबले बताए ।
नेपाल आउँदा सांगितिक कोसेली दिन रुचाउने दिकीले अघिल्लो वर्ष आर्मी अफिसर्स क्लमा कार्यक्रम गरेकी थिइन् । उनका पुर्खाको भूमि ताप्लेजुङको उत्तरी भेगमा रहेको अतिविकट गाउँ ओलाङचुङगोलाका घुन्सा, लोलेप, लुङयुङ, पापुङ र याङ्मा ६ वटा स्कुललाई सहयोग जुटाउन सोलो कन्सर्ट गरेकी हुन् । जसबाट जम्मा भएको रकम प्रत्येक गाउँका स्कुललाई रु ५० हजारका दरले वितरण गरेकी थिइन् ।
तीन वर्षअघि उनले नेपाली गीतहरु संग्रह ‘सिल्भर लाइनिङ’ ल्याएकी थिइन् । अमेरिका रहँदा पनि उनको सांगितिक यात्रा निरन्तर छ । गत अप्रिलमा मात्रै उनले तीनटा अँग्रेजी गीत समाहित गरेर ‘मेमोरिज’ सार्वजनिक गरिन् । जहाँ उनको स्वर मात्रै होइन, शब्द र संगीत पनि सुन्न पाइन्छ । उनले केही समयअघि मात्रै ‘नोथिङ टु लस’को भिडियो तयार पारेकी छिन् । न्युयोर्क फर्किनेबित्तिकै त्यो सार्वजनिक हुने उनले बताइन् ।

Dikyi Ukab Performing at Kathmandu

Dikyi Ukab Performing at Kathmandu

न्युयोर्कमा रहँदा उनले रुविन म्युजियम अफ हिमालयन आर्टस्ले आयोजना गर्ने कार्यक्रममा सहभागीता जनाएकी थिइन् । दक्षिण एसियाका आप्रवासीको ठूलो वार्षिक साँस्कृतिक कार्यक्रम ‘चटपटी मेला’मा उनले आफ्नो प्रस्ुतति पस्केकी छिन् । न्युयोर्कमैँ बाढीपीडितका सहयोगार्थ भएको ‘मेगा म्युजिक फेस्टिबल’मा पनि सहभागी भइन्, जहाँ नेपालका चर्चित कलाकार इन्दिरा जोशी, निमा रुम्बा, दिपक लिम्बू लगायतको पनि सहभागीता थियो । संगीतकार न्हु बज्राचार्य अमेरिका भ्रमणमा रहकाबेला उनीसँग पनि अकेष्ट्रिक पर्फाेमेन्स गरेकी थिइन् ।
नेपाली संस्कृति, भाषा, समुदाय र माटोलाई माया गर्ने दिकीलाई नेपाली गीत गाउने रहर सानैदेखि थियो । संगीतलाई निकै माया गर्ने वुवाआमा तेन्जिङ उक्याव र वसन्त पाख्रिनले सुन्ने गरेका गीतबाटै उनी नेपाली गीतसंगीतप्रति आकर्षित भएकी हुन् ।
उच्च शिक्षा अध्ययनका क्रममा पश्चिमा क्लासिकल संगीत पनि पढेकी उनी नेपाली संगीतमा पनि पोख्त छिन् । न्युयोर्कको एसयूएनआइ प्रर्चेज युनिभर्सिटीमा राजनीतिशास्त्र अध्ययन गरिरहेकी दिकीले चाँडै अर्काे एल्बम पनि ल्याउने तयारीमा छिन् । त्यसका केही गीत रेकर्ड भइसकेका छन् ।

 
 

जुम्लामा शान्ति स्तुप बनाउन राजधानीमा कन्सर्ट गरिदैँ

10904220_689629204487501_1250367849_n

Rajesh Payal Rai

गीत संगीत मनोरञ्जनको माध्यममात्रै होइनन् । कहिलकाँही गीतसंगीतको माध्यमबाट समाजमा परिवर्तन ल्याउन र सुधारको काम समेत गर्न सकिन्छ । संगीतकै माध्यमबाट कतिपय देशमा बाढीपहिरो, भूकम्प लगायतका दैवीप्रकोपको विपत्तिमा परेकाहरुको सहयोगका लागि ठूलै रकम जम्मा पार्ने काम पनि भएको छ । आउँदै गरेको सोनाम लोसारको अवसर पारेर जुम्लामा शान्ति स्तुप निर्माणका लागि पनि संगीतको सहारा लिइने भएको छ । द हिमालयन पिस एसोसियसनले आगामी जनवरी १६ मा शान्ति स्तुप च्यारिटी सो गर्दै स्तुप निर्माणका लागि आर्थिक सहयोग संकलन गर्ने भएको छ ।

Tsering Gyurmey

Tsering Gyurmey

काठमाडौँको गोकर्णस्थित नोर्लिङ रिसोर्टमा हुने कन्सर्टमा राजेश पायल राई, इन्दिरा जोशी र छिरिङ गिर्मीले आफ्नो सांगीतिक प्रस्तुति दिदैछन् । भर्सटाइल गायकको परिचय बनाएका राजेशपायल र पछिल्लो समयकी सर्वाधिक चर्चित गायिका इन्दिरा जोशी कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेका छन् । त्यस्तै हिमाली क्षेत्रका चर्चित गायक छिरिङ गिर्मी पनि हिमाली टिबेटेन र मेडिटेसन सङ सुन्न चाहनेहरुका लागि प्रिय गायक हुन् ।

10891518_1534010970189499_1635819736095382175_n

Indira Joshi

विकट हिमाली जिल्लामा स्तुपा निर्माण गरी त्यस क्षेत्रको पर्यटकीय आकर्षणलाई टेवा पु¥याउने उद्देश्य आयोजकको रहेको छ । स्तुप निर्माणकार्य ५ वर्ष अघिदेखि भएको हो । हालसम्म स्तुपको निर्माणकार्य आधा सम्पन्न भइसकेको छ । बाँकी काम सकाउन आर्थिक अभाव भएपछि विभिन्न माध्यमबाट आर्थिक संकलन गर्ने क्रममा कन्सर्ट गरिन लागिएको हो ।

स्तुप निर्माणका लागि साढे दुई करोड रुपैयाँ लाग्ने भएको छ । काठमाडौँ गरिने कन्सर्टबाट १२ लाख रुपैयाँ संकलन गर्ने योजना रहेको आयोजक संस्थाका अध्यक्ष कर्मा ठिन्लेन तामाङले बताए । कार्यक्रमबाट उठेको शत प्रतिशत रकम स्तुप निर्माणमा खर्च गरिने आयोजकले बताएको छ । जिविसले पनि उक्त स्तुप निर्माणका लागि वर्षेनी ३ लाख रुपैयाँ उपलव्ध गराउँदै आएको छ ।

1909184_1533571076900155_8597367220234146749_o

 
 

यी हुन मानशिक तनावका कारण ज्यान गुमाउने नेपाली कलाकार

सधैजसो चलचित्रको सुटिङ वा चलचित्र सम्बन्धी विविध गतिविधिमा सक्रिय हुने नेपाली चलचित्रकर्मी हिजो मंगलबार अलि भिन्नै भूमिकामा देखा परे । शिव श्रेष्ठ, नवल खड्का, गौरी मल्ल, सुभद्रा अधिकारी, लक्ष्मी गिरी जस्ता स्थापित कलाकारले मंगलबार मानशिक स्वास्थ्यको क्षेत्रमा कलाकारको भूमिका विषयक अन्तरक्रियामा संलग्न भए । पछिल्लो समय नेपालमा मात्रै नभई विश्वमै मानशिक रोगीको संख्या अत्याधिक बढिरहेको छ । कलाकार आफ्नो अभिनयका माध्यमबाट आम समुदायबीच पुग्ने भएकाले कलाकारले मानशिक तनावमा रहेकाहरुलाई सो समस्याबाट मुक्ति दिलाउन महत्वपुर्ण भूमिका खेल्न सक्ने कलाकारको भनाई छ । त्यसो त अरुलाई सन्देश र मनोरञ्जन दिने कलाकार स्वयम्ले पनि निकै मानशिक तनाव खेपिरहेका छन् । मानशिक तनावकै संसारका निकै प्रशिद्ध कलाकारले समेत ज्यान गुमाइ सकेका छन् । एकाएक पाउने ख्याती, सबैको वाहवाही र त्यही रफ्तारमा हुने उतारचढावका कारण कलाकारले पनि निकै मानशिक तनाव भोगिरहेको अन्तरक्रियामा अधिकांस कलाकारको भनाई थियो । अन्तरक्रियाको आयोजना कोशिश नामक संस्था र नेपाल चलचित्र कलाकार संघले गरेको हो ।

श्रीषा कार्की

श्रीषा कार्की

श्रीषा कार्की
झण्डै दुई दशक अघि एक नग्न फोटो पत्रिकामा प्रकाशित भए पछि त्यसको मानशिक तनाव खेप्न नसकि नायिका श्रीषा कार्कीले आत्महत्या गरेकी थिइन् । कार्कीको आत्महत्याले त्यो समय नेपाली संचारमाध्यममा निकै ठूलो बहस सिर्जना गरेको थियो व्यक्तिगत गोपनीयताको ’boutमा ।

जेसिका खड्का

जेसिका खड्का

जेसिका खड्का
हास्य गायक प्रकाश ओझासँगको यौन कृयाकलापको भिडियो सार्वजनिक भएपछि निकै ठूलो मानशिक तनाव भोगेकी थिइन जेसिका खड्काले । तनाव भुल्न विदेश समेत पुगेकी उनी वास्तविक नाम ज्योती परिवर्तन गर्दै जेसिकाको रुपमा चलचित्र क्षेत्रमा उदाइन् । तर उनले यति गर्दा पनि मानशिक सन्तुलनलाई ठीक ठाउँमा राख्न सकिनन् र अन्तत आत्महत्याको बाटो रोजिन् ।

योगिता मोक्तान

योगिता मोक्तान

योगिता मोक्तान
गायिका योगिता मोक्तान पनि आत्महत्याको बाटो रोज्ने गायिका हुन् । उनले झण्डै ५ वर्ष अघि झुण्डिएर आत्महत्या गरेकी हुन् । व्यक्तिगत सम्बन्धलाई सहि सदुपयोग गर्न नसक्दा भोगेको मानशिक तनावलाई नियन्त्रण गर्न नसक्दा उनले आत्महत्याको बाटो रोजेको उनी निकटले त्यतिबेला बताए थिए ।

कुल पोखरेल

कुल पोखरेल

कुल पोखरेल
मानशिक स्थितिलाई नियन्त्रणमा राख्न नसक्दा अकालमै ज्यान गुमाउने गायक हुन् कुल पोखरेल । उनले झण्डै एक दशक अघि लागु औषधको दुव्र्यसनमा फसेका कुलले पनि अन्तत आत्महत्याको बाटो रोजे ।

आलोक नेम्वाङ

आलोक नेम्वाङ

आलोक नेम्वाङ
झण्डै एक महिना अघि मात्रै आफ्नै निवासमा झुण्डिएर आत्महत्या गरेका थिए आलोक नेम्वाङले । म्यूजिक भिडियो र चलचित्र निर्देशनमा राम्रो सम्भावना भएका र डिमाण्डेड हुँदा हुँदै पनि उनले आत्महत्याको बाटो रोजे । जसको कारण थियो आफ्नो मानशिक सन्तुलनलाई नियन्त्रण गर्न नसक्नु । ४० वर्ष पार गरिसक्दा पनि अविवाहित नै रहेका आलोकले आत्महत्या रोज्नुलाई उनको लैंगिक आचरणलाई मुख्य कारण मानिएको छ । उनी निकटका अनुसार आलोकको झुकाव पुरुष प्रति बढि थियो । उनको यो आचरणलाई परिवार सहजै स्वीकार नगर्दा र उनी आफैले पनि खुलेर समाजमा आउन नसक्दा आत्महत्याको बाटो रोजेको अनुमान गरिदै आएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 17, 2014 in Uncategorized

 

८ वर्षे बालकको पत्याउनै नसकिने क्षमता

Nepali movie Love You Baba' Saugat Bistaसौगात विष्ट ८ वर्षीय बालक हुन् । कक्षा २ मा पढ्ने उनी उमेरमा सानो भए पनि अद्भुत क्षमता भएका बालक हुन् । उनले हालसालै लभ यु बाबा नामको चलचित्र निर्देशन गरेका छन् । यो चलचित्र निर्देशन गरेपछि उनी विश्वकै सबैभन्दा कम उमेरको चलचित्र निर्देशक बन्ने होडमा छन् । उनी अघि भारतका किसन श्रीकान्तले ९ वर्षको उमेरमा चलचित्र निर्देशन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा यो कीर्तिमान बनाएका छन् । अब चाँडै किसनको कीर्तिमान तोडिने क्रममा रहेको छ । र, यो कीर्तिमान तोड्दै छन् नेपाली बालक सौगात विष्टले ।
saugat-bista-love-u-baba

पारिवारिक माहोल नै कलाकर्ममा जोडिएको परिवारमा जन्मिएका सौगातले पनि सानै देखि अभिनय गर्न थालेका थिए । यही क्रममा निर्देशन, क्यामेरा, सम्पादन लगायतका प्राविधिक विषयको समेत जानकारी लिएको उनले बताउने गरेका छन् । आफुमा निर्देशन क्षमता छ भन्दै उनले आफ्ना बुबा अभिनेता गजित विष्टलाई चलचित्र निर्देशन गर्ने कुरा सुनाए । सुरुमा नपत्याएका बुबा गजितले पछि उनको क्षमतालाई पत्याउन कर लाग्यो र छोराको लागि चलचित्र निर्माण गर्ने निर्णयमा पुगे ।

यसरी सुरु भएको सौगातको निर्देशन यात्राले एउटा यात्रा पुरा गरी सकेको छ । चलचित्र लभ यु बाबा सम्पुर्ण काम सम्पन्न भई प्रदर्शनको तयारीमा रहेको छ । आज काठमाडौँमा चलचित्रको च्यारिटी सो समेत गरिएको छ । च्यारिटी सोमा चलचित्र हेरेका दर्शक तथा पत्रकारले राम्रो चलचित्र बनेको बताएका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाउन लागि लगभग सबै पुरा भइसकेको गजितले जनाए । अब चलचित्र ५० सिनेमा हलमा व्यवसायिकरुपमा प्रदर्शन भएको प्रमाणपत्र पेश गर्ने वित्तिकै विश्वकै सबैभन्दा कम उमेरमा चलचित्र निर्देशन गर्ने कीर्तिमान सौगातको नाममा जाने गिनिज सम्बन्ध अधिकारीले जानकारी दिएको गजितको भनाई छ । पारिवारिक कथामा आधारित चलचित्र मंसीर २६ गतदेखि देशव्यापीरुपमा प्रदर्शन हुँदैछ । चलचित्रमा गजित बाहेक अशिष्मा नकर्मीm निस्मा घिमिरे, संगम विष्ट लगायतका कलकारले अभिनय गरेका छन् ।
Saugat-Raghav

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 9, 2014 in Uncategorized

 

सन्दर्भ–नारायण गोपाल स्मृति दिवस

narayan_gopalनारायण गोपाल नेपाली जातीका महान गायक, आज उनले भौतिकरुपमा यो संसार छोडेको चौविस वर्ष भइसकेको छ । भौतिकरुपमा नारायण गोपाल हामीमाझ नरहे पनि उनले स्वरबद्ध गरेका सुमधुर कालजयी गीतका कारण सदैव नेपाली श्रोताको मनमा राज गर्न सकिरहेका छन् ।

समकालिन गायक प्रेमध्वज प्रधानका अनुसार सुरुवातकालमा नारायण गोपाल निकै लजालु गायक थिए । सार्वजनिकरुपमा उनी गाउनभन्दा तबलावादनमा अग्रसर हुन्थे । जब रेडियो नेपालबाट स्वर परीक्षा उतिर्ण गरी सक्रियरुपमा गाउन थाले, उनको उपस्थिति नेपाली संगीतका लागी एउटा कोशेढुँगा बन्यो । भरखरै जग बसाउदै गरेको नेपाली सुगम संगीतका लागी नारायण गोपालले यस्ता गीतहरु गाए, जसले आजसम्म पनि नेपाली सुगम संगीतको क्षेत्रमा प्रतिनिधित्व गरिरहेको छ ।

रेडियो नेपालमा स्वर परीक्षा उतिर्ण गरे लगत्तै उनले रत्नसमसेर थापाको शव्दमा ६ ओटा गीत रेडियो नेपालमा रेकर्डिङ गरे । यो मौसम यो हरियाली, स्वर्गकी रानी मायाकी खानी लगायतका लगायतका ती गीतहरु तत्कालिन समयमा निकै फरक शैलीका भएकाले युवाहरुको ढुकढुकी बनेको गीतकार थापा सम्झन्छन् । नारायण गोपाल गीत गाउने र संगीत भर्ने मात्रै गर्दैनथे । उनी नयाँ नयाँ सोच र भाव भएका गीत लेख्न रत्नसमसेर थापालाई आग्रह गर्थे । नारायण गोपालको सोच र भावमा थापा पनि यस्तो गीत लेख्थे, रेकर्ड भएर आएपछि ती गीतले बजार पिट्थे । यस्तै एकपटक गीतकार थापाले तत्कालिन राजनितिक र सामाजिक परिस्थितिलाई व्यंग्य गर्दै गीत लेखे–‘बिहानीका तारा हामी सर्वहारा..’ । तर यो गीत त्यस समय प्रतिबन्धित भयो । यो गीतलाई केही समय अघि शिशिर योगीले गाएका छन् । कालीप्रसाद रिजालको शव्द रहेको अर्को गीत ‘आँखा छोपी नरोऊ भनी भन्नु प¥या छ’ पनि त्यसबेला प्रशासनको आँखामा बिझेको गीत हो । पञ्चायती शासनप्रणालीलाई व्यंग्य गरी लेखिएको आरोप लागेपछि स्पष्टिकरण दिनुपरेको गीतकार रिजाल बताउँछन् ।

काठमाडौँको नेवार समुदायका नारायण गोपाल सुमधुर सम्बन्ध दार्जिलिङबाट आएका संगीतकर्मिहरुसँग भयो । उनले दार्जिलिङकै युवती पेमलासँग प्रेम विवाह गरे । सांगीतिक सहकार्यको महत्वपुर्ण क्षण पनि दार्जिलिङबाट आएकाहरुसँग नै बिताए । दार्जिलिङकै गोपाल योञ्जनसँग त उनले मितेरी साइनो नै गाँसे । दुई मितज्यूको सयुक्त प्रयासमा यस्ता सिर्जनाहरु निस्किएका छन्– जुन आज पनि नेपाली संगीतको आधारस्तम्भका रुपमा रहेका छन् । काठमाडौको शहरी परिवेशमा हुर्किएका नारायण गोपालका गीतमा उपत्यका बाहिरका मानिसको भावना, पीडा र बेदना दार्जिलिङ्गेहरुको संगत पछि नै समेटिन थालेको गायक योगेश वैद्य बताउँछन् । उनका गीतका यस्तै विशेषताका कारण नारायण गोपाल नेपाललगायत नेपाल बाहिर बस्ने नेपालीमाझ पनि उत्तिकै लोकप्रिय बन्न सकेको योगेश बैद्यले बताए ।

narayan-10[10]

नारायण गोपालले आफ्नो गायन अवधिमा धेरै कविलाई गीतकार बनाए । कालीप्रसाद रिजाल, ईश्वर बल्लभ, दिनेश अधिकारी लगायतका कविहरु नेपाली संगीतमा उच्च स्थान बनाउन सफल गीतकार हुन् । जसका शव्द नारायण गोपालले स्वरबद्ध गरे पश्चात यी कविहरुलाई गीतकारको समेत परिचय प्राप्त भयो ।

नारायण गोपाल गायन र संगीत सिर्जना बाहेक अन्य धेरै विषयका जानकार थिए । उनी समसामयीक राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनितिका साथै इतिहास र साहित्यको अध्ययनमा पनि निकै रुची राख्थे । उनमा तर्क शक्ति पनि बेजोड रहेको गीतकार नगेन्द्र थापा स्मरण गर्छन् ।

अहिले पनि नारायण गोपाल धेरै नवप्रवेशीहरुका प्रेरणा बनिरहेका छन् । गायन अभ्यासका लागी उनको गीत नगाउने कमै गायकगायीका होलान् । भौतिकरुपले उनी हामी माझ नरहेको दुई दशक बितिसक्दा पनि उनका गीतहरु नेपाली श्रोतको पहिलो रोजाइमा परिरहनु र ती गीतले नेपाली संगीतको प्रतिनिधित्व गरिरहनुले पनि स्पष्ट हुन्छ– नारायण गोपाल वास्तबमै स्वर सम्राट उपाधिको एक मात्र हकदार हुन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 5, 2014 in Uncategorized

 

थाइल्याण्डको राजाको संगीत घन्काउँदै नेपाली सांगीतिक समूह

विस्तारै नेपाली सांगीतिक समूहले विदेशी संगीत महोत्सवहरुमा पनि आफ्नो प्रस्तुति दिन थालेका छन् । मुक्ति एण्ड रिभाइभल, कुटुम्ब, रुद्र, सुरसुधा जस्ता सांगीतिक समूहले थुप्रैपटक विदेशी भूमिमा सांगीतिक प्रस्तुति दिइसकेका छन् । ६ जना दृष्टिबिहिन बाद्यवादकको सांगीतिक समूह सक्षम पनि विदेशी संगीत महोत्सवमा सहभागि हुने अर्को समूह बन्दैछ । यो समूह डिसेम्बर ३ देखि थाइल्याण्डको राजधानी ब्याङ्ककमा सुरु हुने एक संगीत महोत्सवमा सहभागि हुँदैछ । थाइल्याण्डको राष्ट्रिय दिवश र राजा भूमिबल अदुल्यादेशको ८७ औँ जन्मोत्सवको अवसरमा हुने अन्तराष्ट्रिय दृष्टिबिहिन संगीत महोत्सवमा सक्षमले आफ्नो प्रस्तुति दिने भएको हो ।
Sakcham
थाइल्याण्डमा आफ्नो सांगीतिक प्रस्तुति बेजोड बनाउन अहिले समूहका सदस्यहरु निकै कडा परिश्रमका साथ अभ्यास गरिरहेका छन् । उनीहरुले थाइल्याण्डमा आफैले सिर्जना गरेको केही धुनका साथमा परम्परागत नेपाली मौलिक धुनहरु समेत प्रस्तुत गर्दैछन् । कार्यक्रममा सक्षमले थाइ राजाले सिर्जना गरेको संगीत समेत प्रस्तुत गर्दैछन् । संगीतकार समेत रहेका थाइ राजाको धुन उनकै सामु प्रस्तुत गर्ने अवसर पाउँदा निकै उत्साहित बनेको वीरुकमल श्रेष्ठले बताए । राजाको धुन समेत प्रस्तुत गर्न समूहलाई आग्रह गर्दै धुन पठाई सकिएको छ । सक्षमका सदस्यहरुले सो धुन नेपाली बाजाको माध्यमबाट थाई राजालाई सुनाउँदैछन् ।

सक्षममा वीरुकमलले सारंगी, प्रेम लामाले बाँसुरी, ईश्वर वलामीले मादल, निरज मगरले इफेक्ट, न्हुच्छे महर्जनले किवोर्ड र कृष्ण श्रेष्ठले सरद वादन गर्छन् । महोत्सवमा सहभागि हुन सक्षमका सदस्यहरु बुधबार थाइल्याण्ड जाँदैछन् । महोत्सवमा नेपाल, थाइल्याण्ड, स्पेन, नर्वे लगायतका देशका दृष्टिबिहिन संगीतकर्मी सहभागि हुँदैछन् । महोत्सवमा सहभागि हुन समूहका सदस्यहरु म्यानेजर सत्यम क्षेत्री सहित बुधबार थाइल्याण्ड जाँदैछन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 30, 2014 in Uncategorized

 

नेपालमा सुटिङ गर्दैछन् पानसिंह तोमरका निर्देशक

चर्चित बलिउड चलचित्र पानसिंह तोमार र बुलेट राजाका निर्देशक तिमांसु धुलिया आफ्नो नयाँ चलचित्र याराको छायांकनका लागि नेपाल आइपुगेका छन् । आइतबार विहानैदेखि उनले आफ्नो चलचित्रको छायांकन ललितपुरको पाटन दरबार परिसरबाट सुरु गरे । पानसिंह तोमारबाट बलिउड चलचित्र उद्योगमा समिक्षकबाट निकै प्रशंसा पाएका उनले सोही चलचित्रबाट राष्ट्रिय अवार्ड समेत पाएका थिए । उनले निर्देशन गरिरहेको पछिल्लो चलचित्र याराको कथा नेपालसँग समेत जोडिएका कारण छायांकनका लागि नेपाल आइपुगेको उनको भनाई छ । नेपाली मिलनसार भएको भन्दै यहाँ छायाँकन गर्न निकै सहज भएको उनले बताए । चार दिन सम्म चलचित्रको छायांकन नेपालमा गर्ने योजना उनले बनाएका छन् ।
Paan-Singh-Tomar-movie-wallpaper-stills
चार जना साथीको वरिपरि घु्म्ने सो चलचित्रले चालिस वर्ष अघिको कथा प्रस्तुत गर्ने निर्देशक तिमांसुले जानकारी दिए । चलचित्रको कथा पुरानो भएकाले त्यतिबेलाकै काठमाडौँ जस्तै स्वरुप चलचत्रिमा उतार्न लागेको उनले बताए । चलचित्रमा मनोेज केसी, अनन्त तिमल्सेना लगायतका नेपाली प्राविधिकहरुले समेत काम गरिरहेका छन् । चलचित्रमा श्रुति हसन, विद्युत जमवाल, सञ्जिव मिश्र लगातले अभिनय गर्दैछन् । अभिनेत्री श्रुति छायांकनका लागि आउने खबर बाहिरिए पछि पाटन दरबार परिसरमा सर्वसाधारणको घूँइचो लागेको थियो । तर उनी नेपाल नआएको निर्माण पक्षले जनाएको छ । पछिल्लो समय नेपाल भारतीय चलचित्रको छायांकनका लागि उपयु्क्त लोकेसन बन्दै गइरहेको छ । केही समय अघि अक्षयकुमार अभिनित चलचत्रि बेबीको समेत नेपालमा छायांकन गरिएको थियो । चाँडै नै शाहिद कपुर समेत आफ्नो चलचित्रको छायांकनका लागि नेपाल आउने खबर सार्वजनिक भएको छ । Timangshu

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 30, 2014 in Uncategorized

 

लोकसंगीत फिल्म महोत्सवमा के के छ ?

यतिबेला काठमाडौँमा चौथो अन्तराष्ट्रिय लोकसंगीत चलचित्र महोत्सव भइरहेको छ । शुक्रबारदेखि सुरु भएको उक्त चलचित्र महोत्सवमा विभिन्न १० देशका लोकसंगीत र संस्कृति सम्बन्धी ४५ चलचित्र देखाइदैछ । नेपाल लोक बाजा संग्राहलयले महोत्सवको आयोजना गरेको हो । संचार तथा प्रविधिको माध्यमबाट लोकसंगीतको संरक्षणमा थोरै भए पनि योगदान दिन महोत्सव गरिएको लोक बाजा संग्राहलयका रामप्रसाद कँडेलले बताए । केही समययता नेपालमा मात्रै नभई विश्वका अन्य देशमा समेत लोकसंगीत र लोकसंस्कृति हराउँदै गएको अनुभव उनले गरेका छन् । त्यसैले पनि यस्ता किशिमका महोत्सवको आयोजना गर्नु आवश्यक भएको कंँडेल भन्छन् ।
infim logo 2014
महोत्सवको मुख्य आकर्षण डच नागरिक अर्नाल्ड अ. वाकले बनाएको नेपाल सम्बन्धी चलचित्र पनि हो । ८१ वर्ष अघि काठमाडौँमा मनाइएको इन्द्रजात्रालाई यो चलचित्रमा फिचर गरिएको छ । यो चलचित्रलाई नेपाल’bout छायाँकन गरिएको पहिलो चलचित्र मानिएको छ ।
नेपाली सेनाले लोकपर्व र जात्रा सम्बन्धी बनाएको चलचित्र समेत महोत्सवमा हेर्न लायक चलचित्रहरु हुन् ।
Blind Musician
त्यस्तै पाँच महादेशका विभिन्न राष्ट्रका लोकसंगीत र संस्कृतिमा आधारित चलचित्र पनि हेर्नै पर्ने चलचित्र हुन् । यी चलचित्रबाट त्यहाँको लोकसंगीत र संस्कृतिको ’boutमा जानकारी पाउन सकिने आयोजकको भनाई छ । महोत्सवमा आमन्त्रित, अप्रतियोगि र प्रतियोगी विधामा प्रदर्शन हुँदैछन् । प्रदर्शित चलचित्रमध्ये सर्वोत्कृष्ट र उत्कृष्ट घोषित ६ चलचित्रलाई अवार्ड समेत प्रदान गरिने भएको छ । महोत्सव आइतबार सम्पन्न हुँदैछ ।
Amar Y Vivir

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 29, 2014 in Uncategorized

 

Raju giri’s new movie Tiger the real hero song

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 28, 2014 in Uncategorized